logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • पाकिस्तानको हवाई हमलामा परी अफगानिस्तानको पूर्वी भागमा ४७ जनाको मृत्यु

    पाकिस्तानको हवाई हमलामा परी अफगानिस्तानको पूर्वी भागमा ४७ जनाको मृत्यु

    4.3K
    Shares

    एजेन्सी । पाकिस्तानको हवाई हमलामा परी अफगानिस्तानको पूर्वी भागमा कम्तीमा ४७ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अफगानिस्तानको खोश्त र कुनार प्रान्तमा आक्रमण भएको हो ।

    खोश्तका एक शीर्ष अधिकारी शाबिर अहमद उस्मानीले पाकिस्तानी हवाई हमलामा ४१ जना सर्वसाधारणको मृत्यु भएको र २२ जना घाइते भएको जानकारी दिए ।

    मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । खोस्तका अन्य दुई अधिकारीले पनि मृत्यु भएको पुष्टि गरेका छन् ।

    मन्त्रालयका अनुसार विगत केही महिनादेखि पाकिस्तानले तालिवान सरकारलाई पाकिस्तान(अफगान सीमा क्षेत्र सुरक्षित गर्न बारम्बार आग्रह गरेको छ।

    यसअघि अफगानिस्तानमा तालिवानको रक्षा मन्त्रालयले पाकिस्तानी सेनाले शनिबार बिहान अफगानिस्तानको कुनार र खोस्ट प्रान्तका केही भागमा गोली प्रहार गरेको र ठूलो क्षति पुगेको आरोप लगाएको थियो।

    पाकिस्तानी विदेश मन्त्रालयको एक विज्ञप्ति अनुसार प्रतिबन्धित तहरीक(ए(तालिबान पाकिस्तान ९टिटिपी० लगायत चरमपन्थी समूहहरूले पाकिस्तानी सीमामा रहेको सुरक्षा चौकीमा आक्रमण गर्दै आएका छन् र यी आक्रमणहरूमा धेरै पाकिस्तानी सैनिकको मृत्यु भइसकेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend