सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

श्रीलंका: सरकार विरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु, ११ जना घाइते

श्रीलंका: सरकार विरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु, ११ जना घाइते

 

एजेन्सी । चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा सरकार विरोधी प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । यसका साथै ११ जना घाइते भएका छन् ।

यस घटनामा १० प्रहरी पनि घाइते भएको बताइएको छ । उनीहरू सबैलाई केग्ले अस्पतालमा भर्ना गरिएको छ ।

केग्ले अस्पतालका निर्देशकले पनि यो कुराको पुष्टि गरेका छन् । घाइतेमध्ये दुई जनाको अहिले शल्यक्रिया भइरहेको उनले बताए । यो घटना श्रीलंकाको रामबुकाना शहरमा मंगलबार भएको हो ।

प्रहरी प्रवक्ता निहाल तल्दुवाले घटनाबारे बिबिसीलाई बताएअनुसार १५ घण्टादेखि प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले गोली चलाउनुपरेको थियो ।

अर्को सूचना नभएसम्मका लागि रम्बुकानामा कर्फ्यु लगाइएको पनि प्रहरीले जनाएको छ । मुलुकको असाधारण आर्थिक मन्दीको विरोधमा मंगलबार देशका विभिन्न स्थानमा विरोध प्रदर्शन भएको बताइएको छ ।

रामबुकाना, हिङ्गुरकगोडा, बड्डेगामा, दिगाना, गम्पोला, रत्नपुरा र तेलदेनियामा विरोध प्रदर्शनहरू भएका थिए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend