सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

वैशाख पहिलो साताभित्रै भएको वर्षाले राहत

वैशाख पहिलो साताभित्रै भएको वर्षाले राहत

महात्तरी । वैशाख पहिलो साताभित्रै भएको वर्षाले अचाक्ली बढेको गर्मीबाट राहत मिलेको छ । मङ्गलबार राति मेघगर्जनसहित केही बेर परेको पानीले महोत्तरीमा गर्मीबाट राहत मिलेको हो ।

गए रातिको वर्षाले बाँझो जग्गा खनजोत गर्न सहज भएको किसानले बताएका छन् । चैतेबाली थन्क्याएपछि रुखिएको जग्गा खनजोत हुन सकेको थिएन । वर्षा भएपछि अब बर्खे मकै, कोदो लगाउन र बर्खे धानको धुले ब्याड राख्न मिल्ने बर्दिबास–७ मनहरिपुरका विन्देश्वर यादवले बताए ।

“राम्ररी चिस्यान हुने गरी पानी परेको छ”, उनले भने, “यसपालि बर्खेबाली समयमै लगाउन पाइने आश जाग्यो ।” पछिल्लो वर्षाले तरकारी खेती गर्न सहज भएको किसानको भनाइ छ । वर्षाअघि केहीबेर चलेको हावाहुरीले कलिला बोट र तरकारीका बेला (लहरा) लतारेर केही नोक्सान गरेको किसानले बताएका छन् ।

हावाहुरीले आँप, लिचीसहितका फलका चिचिला सोतर पारेर झारेको भङ्गाहा–४ पलारका चौठी सर्दार बाँतर भन्छन् । अन्य बालीनालीमा परेको अनुकूलतालाई उपयोग गर्दै चित्त बुझाउनुपर्ने बाँतर बताउँछन् । वर्षापछि किसानलाई राहत मिलेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend