logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • कांग्रेसलाई तालमेलले भन्दा पनि एजेण्डाले जिताउनुपर्छ: धनराज गुरुङ

    कांग्रेसलाई तालमेलले भन्दा पनि एजेण्डाले जिताउनुपर्छ: धनराज गुरुङ

    4.6K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले कांग्रेसलाई तालमेलले भन्दा पनि एजेण्डाले जिताउनुपर्ने बताएका छन् । बुधवार नेपाल विद्यार्थी संघ उपत्यकाका क्याम्पस इकाईहरुको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित स्थानीय निर्वाचनमा नेविसंघको भूमिका र पार्टीको दायित्व विषयक विचार गोष्ठिमा बोल्दै उपसभापति गुरुङले पार्टीलाई तालमेलले भन्दापनि एजेण्डाले जिताउनतिर लाग्नुपर्ने बताएका हुन् ।

    उनले जनताको मन छुनेगरी घोषणापत्र बनाउन सकेमा नेपाली कांग्रेसलाई ५१ प्रतिशतको कांग्रेस बनाउन सकिने बताए । उनले पार्टीभित्र कसैले कसैलाई निषेध गर्नुनहुने पनि बताए । पार्टीभित्रका वादविवादलाई सम्वादबाट समाधान गर्नुपर्नेमा उनले जोड दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend