सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

आज १० बैशाख २०७९ शनिवार को राशिफल

आज १० बैशाख २०७९ शनिवार को राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ अनुभव मिल्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनावश्यक झमेलामा परिएला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मित्रबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) राजनीतिक कार्यमा सफलता मिल्नेछ । घरायसी मनोरञ्जनमा सहभागिता भइएला । स्वास्थ्यमा समस्या आउन सक्छ बढी सजग रहनु होला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । पराक्रम बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सम्पत्ति हराउने वा नष्ट होला । अरुको भर पर्दा धोका पाइनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । साना तिना समस्यामा अल्झिनुपर्ने हुन्छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज नयाँ र शुभ समाचार सुन्न पाइएला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा विस्तारै सफलता मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आँटेको र ताकेको कार्य पुरा होला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । प्रेममा मधुरता पनि छाउला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज मान प्रतिष्ठामा वृद्धि पनि होला । इष्टमित्र एवं साथीभाइहरूसँग प्रविधि मार्फत भेटघाट हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) महिला वा मित्रबाट सहयोग मिल्नेछ । नयाँ कार्यको थालनी हुने र नार्जनका स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्र भने कमजोर नै रहला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज इच्छा र आकाङ्क्षा पूर्ण होला । नजिकको आफन्त र मित्रसँग भेटघाट हुनेछ । दिनको उत्तरार्धमा केही धन खर्च बढ्न सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend