काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा बैठक दिउँसो तीन बजे बस्न लागेको एमाले प्रचार–प्रसार विभागका उपप्रमुख विष्णु रिजालले बताए ।
उनको अनुसार बैठकले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा महानगर र उपमहानगरपालिका उम्मेदवारबारे निर्णय गर्ने छ ।