logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • फेरी एक कार्यकाल दुःख गर्नुपर्छ भनेर मैदानमा जादैछु : रेनु दाहाल

    फेरी एक कार्यकाल दुःख गर्नुपर्छ भनेर मैदानमा जादैछु : रेनु दाहाल

    7.7K
    Shares

    चितवन । अहिले देशकै केन्दविन्दुमा रेहको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आफुलाई पुनः एकपटक मेयरमा जिताउन आग्रह गरेकी छन् । ५ वर्षको कार्यप्रगतिको समिक्षा गर्दै मेयर दाहालले स्थानिय तहमा पहिलो ५ वर्ष सफलताका साथ सम्पन्न गरेको बताईन् ।

    मेयरमा रहेर महानगरको विकासका लागि धेरै काम पुरा गरेको तर अझैपनि समय अपुगका कारण केहि काम गर्न बाँकी रहेकाले पुनः एकपटक मेयरमा आउनुपर्छ भन्ने सोच आएको उनले बताईन् । ‘५ बर्ष दुःख गरें अझै ५ वर्र्ष भरतपुरको मेयरमा बसेर दुःख गर्न मैदानमा होमिएको छु ।’ उनले भनिन् ।

    २०७४ सालको स्थानिय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा मेयर र उपमेयर दुई पदमा नै महिला निर्वाचित भएका थिए । महिलाको कार्यक्षमतामा शंका गर्ने, नेताको छोरी भएर मेयर बनेको नत्र क्षमता छैन भन्ने खालका विभिन्न टिका टिप्पणी बाटै रेनुको मेयरको यात्रा सुरु भएको थियो । तर सो बेलाका ती टिकाटिप्पणीलाई रेनुले गलत सावित गर्दै एक ५ वर्षमा अब्बल महानगरको रुपमा भरतपुर महानगरलाई उभ्याउन सफल भएकी छन् ।

    रेनु भन्छिन् ‘गर्वका साथ भन्छु की भरतपुर महानगर देशकै अब्बल महानगरको रुपमा सावित भएको छ ।’ पालिकामा कसरी काम गर्ने, विकास कसरी गर्ने भन्ने उदाहरण पेश गर्न भरतपुर महानगर सफल भएको उनले बताईन् । मेयर पद धेरै चुनौतीपुर्ण रहेको रेनुको अनुभव छ ।

    मयर बनेर बस्न सहज छैन तर चुनौतीहरु सामना गरेर भरतपुर महानगरलाई समृद्ध बनाउनका लागि पुनः मयेरमा आउन चाहेको उनले बताईन् । देशकै केन्द्रविन्दुमा रहेको भरतपुरमा शिक्षा, स्वास्थ्य बाटो, खानेपानी, कृषि, फोहोर व्यवस्थापन लगाएतका क्षेत्रमा व्यापक परिवर्तन आएको उनले बताईन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend