logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सरकार धमाधम सहकारी समस्याग्रस्त घोषणा गर्ने, छाता संगठन मुकदर्शक बन्ने (विचार)

    सरकार धमाधम सहकारी समस्याग्रस्त घोषणा गर्ने, छाता संगठन मुकदर्शक बन्ने (विचार)

    2.1K
    Shares
    सरकार धमाधम सहकारी समस्याग्रस्त घोषणा गर्ने, छाता संगठन मुकदर्शक बन्ने (विचार)

    पछिल्लो समय ठूला सहकारी धमाधम समस्याग्रस्त बन्दै गएका छन् । सरकारले हालसम्म विभिन्न २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । सरकारले पहिलो पटक २०७४ कात्तिक २० गते ओरियन्टल कोअपरेटिभ लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको थियो ।

    पछिल्लो समयमा सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभदेखि कान्तिपुर, पशुपति, गौतमश्री, लालिगुराँशलगायत ठूला सहकारी समस्याग्रस्त भएका छन् । सहकारी संस्था समस्याग्रस्त घोषणा भएर सहकारी क्षेत्र समस्यामा पर्ने अवस्था आउँदा पनि सहकारीका जिल्ला तथा केन्द्रीय संघहरु मुक दर्शक बनेको देखिन्छ ।

    सहकारी अन्यौलतामा सहकारी महासंघ ,नेफस्कुनको भुमिका खोइत ? खाली संस्थासँग विभिन्न शीर्षकमा शुल्क मात्र लिने तर सहकारीमा समस्या आउँदा केही पनि नगर्दा भूमिकामाथि प्रश्न उठेको छ । यो प्रश्न सहकारी क्षेत्रमा व्यापक हुँदै गएको छ । यस्तो अवस्थामा संघ र महासंघ भन्ने आवाज पनि उठ्दै आएको छ ।

    सहकारी ऐन २०७४ ले संस्थाहरुलाई समस्याग्रस्त घोषणा गर्न सक्ने अधिकार सहकारी मन्त्रालयलाई दिएको छ । उक्त ऐन लागूभएसँगै पहिलोपटक ओरियन्टल सहकारीलाई औपचारिक रुपमा समस्याग्रस्त घोषणा गरिएको थियो । त्यसयता समस्याग्रस्त सहकारी संस्थाको संख्या थपिएर २० पुगेको छ ।

    यसका साथै समस्याग्रस्त संस्था वा संघको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी काम गर्न सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय स्थापना गरेको छ ।

    अर्बौ रकम अपचलन

    समस्याग्रस्त घोषणा भएका २० सहकारीबाट बचतकर्ताहरुको अबौंको रुपैयाँ अपचलन भएको पाइएको छ । चालू आर्थिक वर्षको नौ महिना अर्थात चैत १३ गतेसम्म मात्रै ८ वटा सहकारी समस्याग्रस्त घोषणा भएका छन् ।

    समस्याग्रस्त घोषित १५ वटा समस्याग्रस्त सहकारीबाट २८ हजार १०८ जना बचतकर्ताहरूको १२ अर्ब ९९ करोड ६४ लाख रुपैयाँ बराबरको बचत अपचलन भएको कार्यालयले जनाएको छ ।

    यस बाहेक चालू आर्थिक वर्षमा समस्याग्रस्त घोषणा भएका थप ५ वटा सहकारीका बचतकर्ताहरुलाई अनलाइनमार्फत मागदावी पेश गर्न कार्यालयले सूचना जारी गरेको छ ।

    चालू आर्थिक वर्षको पहिलो दिन अर्थात् साउन १ गते पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ समस्याग्रस्त घोषित भएको थियो । त्यस्तै भदौमा तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड र शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड समस्याग्रस्त घोषणा भएका थिए।

    त्यसैगरी सरकारले हाम्रो नयाँ कृषि सहकारी संस्था, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था, कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्था, श्री लालिगुँरास बहुउद्देश्यीय सहकारी संस्था र गौतमश्री बहुउद्देश्यीय सहकारी पनि चालू आर्थिक वर्षमा समस्याग्रस्त घोषित गरेको छ ।

    यस्तो छ २० समस्याग्रस्त सहकारीको विवरण

    १. ओरेन्टल कोअपरेटिभ लिमिटेड : यस सहकारी विरुद्ध ४ हजार २ सय ५९ बचतकर्ताको ३ अर्ब १९ अर्ब रुपैयाँ बचत मागदाबी परेको छ। जसमध्ये १ लाखभन्दा कम बचत हुने ५ सय १९ जनाको १ सय प्रतिशत बचत फिर्ता गरेको ।

    २. कञ्जुमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड

    ३.कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड

    ४. भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका अनुसार यी तीनवटै सहकारीको कारोबार ओरेण्टल को–अपरेटिभ लिमिटेडसँगै सम्बन्धित भएकाले सम्बन्धित सहकारीसँगै काम कारबाही हुनेछ ।

    ५. स्टान्डर्ड सेभिड एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड : उक्त सहकारी विरुद्ध १ सय ७५ जना बचत मागदाबीकर्ताको ११ करोड रकममध्ये ८५ जनाको २ करोड ९७ करोड रुपैयाँ बचत फिर्ता भएको छ ।

    ६.प्यासिफिक सेभिङ एन्ड इन्भेस्टमेन्ट को–अपरेटिभ लिमिटेड : सात हजार ३ सय ५२ जनाको ४८ करोड बचत मागदाबीमध्ये १ सय ८६ जनाको ३६ करोड रुपैयाँ बचत फिर्ता भएको छ।

    ७. सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड : कार्यालयका अनुसार उक्त सहकारी विरुद्ध २ सय ४० जनाको १० करोड ८७ लाख बचत मागदाबी मध्ये ५ करोड ५५ लाख रुपैयाँ बचत फिर्ता भएको र २९ जनाको १२ लाखको बचत मागदाबी फिर्ता गरेको छ । बचतमा ८ करोड ४७ करोड रुपैयाँ मिलान भएको छ । बाँकी ४ करोड ४० लाख रुपैयाँ बचत फिर्ता हुन बाँकी रहेको छ ।

    ८. प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड : यो सहकारीविरुद्ध १ सय ३८ जनाको १३ करोड ३ करोड रुपैयाँ बचत मागदाबीमध्ये २० जना दाबीकर्ताको ३३ लाख रुपैइाँ बचत फिर्ता भएको छ।

    ९.लुःनिभा बहुद्देश्यीय सहकारी संस्था लिमिटेड : २ सय १४ जनाको ११ करोड ७४ करोड रुपैयाँ बचत मागदाबी मध्ये ६ करोड बचत फिर्ता भएको छ।

    १०. चार्टड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड : सम्पूर्ण माग दाबीकर्ताको ८४ लाख रुपैयाँ बचत मागदाबी फिर्ता भई राफसाफ भएको छ।

    ११. स्ट्याण्डर्ड मल्टिपर्पोज को–अपरेटिभ लिमिटेड : सम्पूर्ण माग दाबीकर्ताको ७५ लाख रुपैयाँ बचत मागदाबी फिर्ता भई राफसाफ भएको देखिएको छ।

    १२. कुबेर बचत तथा ऋण सहकारी संस्था लिमिटेड : सम्पूर्ण माग दाबीकर्ताको ५७ लाख रुपैयाँ बचत मागदाबी फिर्ता भई राफसाफ भएको छ।

    १३. पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड  : चालु आर्थिक वर्षको साउन १ गते समस्याग्रस्त उक्त सहकारीको सम्पूर्ण शाखा कार्यालय सिल गरी सामाग्री, श्रेस्ता जफत गरी कार्यालयमा ई–अभिलेखीकरण तथा अद्यावधिक गर्ने कार्य भइरहेको छ। त्यस्तै सञ्चालक, कर्मचारी तथा ऋणी सदस्यहरूको चलअचल सम्पत्ति खोजतलास तथा रोक्का गरे कार्य भइरहेको छ। ९ सय ८४ जना बचतकर्ताले ९८ करोड ७५ लाख रुपैयाँ बराबरको मागदाबी परेको छ।

    १४. शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड  : उक्त सहकारी भदौ २५ गते समस्याग्रस्त घोषणा भएको छ । संस्थाको ३६ वटा शाखा कार्यालयहरू रहेकोमा सिल गरी कागजात बरामद गर्ने कार्य निरन्तर रूपमा भइरहेको छ। २०८० पुस १८ मा अनलाइनमार्फत मागदाबी अद्यावधिक गर्ने सूचना जारी भई मिति २०८० माघ ५ सम्ममा १६ हजार ३ सय ६५ जनाबाट ६ अर्ब २७ करोड रुपैयाँ मागदाबी परेको छ ।

    १५. तुलसी बहमुखी सहकारी संस्था लिमिटेड : तुलसी भदौ २५ गते समस्याग्रस्त घोषणा भएको हो। संस्थाको सम्पूर्ण शाखा कार्यालय सिल गरी कागजात बरामद गरी कार्यालयमा ल्याइएको छ। ५ हजार ३ सय ८१ बचतकर्ताको १ खर्ब ४४ करोड ६९ लाख रुपैयाँ बराबरको मागदाबी परेको छ।

    त्यसैगरी समस्याग्रस्त घोषित भएका हाम्रो नयाँ कृषि सहकारी संस्था, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था, कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्था, श्री लालिगुँरास बहुउद्देश्यीय सहकारी संस्था र गौतश्री बहुउद्देश्यीय सहकारीका बचतकर्ताहरुलाई मागदाबी पेश गर्न सूचना जारी गरेको कार्यालयले जनाएको छ। यि सबैको दावी विवरण आउन बाँकी छ ।

    यस्तो अवस्थामा सहकारीका संघ र  महासंघ अनि अभियानको औचित्य के हो ? अब किन चाहियो संघ र महासंघ ? भन्ने आवाज उठ्न थालेको छ।

    (लेखक कल्याण पौडेल लिखु सेभिङस् एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका सिइओ हुन्)

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend