आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

मारिओपोलका अन्तिम रक्षक मारिए रुससँगको शान्ति वार्ता रद्ध हुन्छ : जेलेन्स्की

मारिओपोलका अन्तिम रक्षक मारिए रुससँगको शान्ति वार्ता रद्ध हुन्छ : जेलेन्स्की

किभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मारिओपोल सहरका अन्तिम रक्षकहरू मारिएमा रूससँगको शान्ति वार्ता रद्ध गर्ने चेतावनी दिएका छन् ।

रणनीतिक रूपमा महत्वपूर्ण उक्त सहरलाई रुसले ध्वस्त पारेको छ । सहर कब्जा गरेपछि त्यहाँ रहेका युक्रेनी सुरक्षाकर्मीलाई रुसी सेनाले घेराबन्दी गरेका विवरण सार्वजनिक भएका छन् ।

यसअघि सार्वजनिक भएको एउटा भिडियोमा महिला र बालबालिकाहरू स्टिल कारखाना मुनिको बंकरमा आश्रय लिइरहेका र अन्तिम रक्षकहरू कारखाना बाहिर रहेका देखिन्छन् ।

तीव्र गोलाबारीका कारण त्यहाँ सर्वसाधारणको उद्धार प्रभावित भएको अधिकारीहरूले बताएका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी बन्दरगाह सहर मारिओपोललाई युक्रेनबाट मुक्त गरिएको बताउँदै आफ्ना सेनाको प्रशंसा गरेका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend