सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

डोटीमा माओवादी र समाजवादीबीच चुनावी तालमेल, कांग्रेस एक्लै चुनाव लड्ने

डोटीमा माओवादी र समाजवादीबीच चुनावी तालमेल, कांग्रेस एक्लै चुनाव लड्ने

 

डोटी । आसन्न स्थानीय तह निर्वाचनमा डोटी जिल्लामा नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीबीच तालमेल हुने भएको छ । सत्ता गठबन्धनमा रहेका पाँच दलबीचमा सहमति नभएपछि माओवादी र समाजवादीले चुनावी तालमेल गर्ने भएका हुन् ।

कांग्रेस एक्लै चुनाव लड्ने भएको छ । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले राष्ट्रिय जनमोर्चालाई पनि समेटेका छन् ।

माओवादी केन्द्रले एउटा नगरपालिकाको प्रमुख, उपप्रमुख, ४ गाउँपालिकाको अध्यक्ष तथा ३ गाउँपालिकाको उपाध्यक्ष र समाजवादीले एउटा नगरपालिकाको प्रमुख, उपप्रमुख, ३ गाउँपालिकाको अध्यक्ष तथा ४ गाउँपालिकाको उपाध्यक्ष पाउने भएको छ।

माओवादी केन्द्रले ४० वडाको वडा अध्यक्ष र एकीकृत समाजवादीले २३ वडाको वडा अध्यक्ष पाउने छन् भने एक ओटा वडाको वडा अध्यक्ष राष्ट्रिय जनमोर्चाको भागमा परेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend