logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • मेडिकल साइन्सको पढाई नेपालमै व्यवस्थित र स्तरीय बनाउने विषयमा शिक्षामन्त्रीले थाले छलफल

    मेडिकल साइन्सको पढाई नेपालमै व्यवस्थित र स्तरीय बनाउने विषयमा शिक्षामन्त्रीले थाले छलफल

    5.6K
    Shares

    काठमाडौं । मेडिकल साइन्सको पढाइ नेपालमै व्यवस्थित र स्तरीय बनाउने विषयमा शिक्षामन्त्रालयले छलफल चलाएको छ । मंगलबार चिकित्सा शिक्षा, त्रिभुवन शिक्षण अस्पताल, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, संस्कृत विश्वविद्यालयलगायतका पदाधिकारीसँगको छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मेडिकल साइन्सको पढाई नेपालमै व्यवस्थित र स्तरीय बनाउने विषयमा छलफल गरेका हुन् ।

    मेडिकल शिक्षा आर्जनका लागि वर्षेनी ९८ अर्ब रुपैयाँ रकम देश बाहिर गइरहेको बताउँदै नेपालमै व्यवस्थित र स्तरीय बनाउनुपर्नेमा मन्त्री पौडेलले जोड दिए । ‘देशमा मेडिकल शिक्षा पढ्ने विद्यार्थीको आकर्षण बढ्ढो छ’, मन्त्री पौडेलले भने, ‘देश बाहिर पढ्न गएकाहरु नेपालमा आएर परीक्षा दिई डाक्टर बनिरहेका छन् । उनीहरुलाई नेपालमै पढ्ने र परीक्षा दिने व्यवस्था गरौं ।’

    देशमा पढ्ने व्यवस्था मिलाएर शिक्षा प्राप्तिका लागि बाहिरिने रकम नेपालमै रहनेमा उनको जोड रहेको छ । मन्त्री पौडेलले कागजमा दक्षजनशक्ति प्रर्याप्त देखिएपनि फिल्डमा नभएको गुनासो गरे ।
    ‘अवसरमा प्रतिस्पर्धा गर्ने दायर बढाइ क्वालिटीको शिक्षामा ध्यान दियौं भने मात्रै उत्पादित जनशक्ति बेरोजगार बस्नुपर्दैन’ मन्त्री पौडेलले भने । ‘शिक्षालाई नियमन गरौं भन्दा हामी खुम्चिएका छौ’,ं मन्त्री पौडेलले भन्नुभयो,‘ केही ऐन र कानुनको जटिलताले गर्दा सिमित बाहेकले देशमा पढ्न पाउने अवसर गुमाइरहेका छन् ।’

    छलफलमा मेडिकल क्षेत्रमा बजेट कमहुँदा धेरै समस्या आएको बताउँदै बजेट बढाउन मन्त्रीलाई आग्रह गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend