logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • उम्मेदवारी खारेज गर्न माग गर्दै ललितपुरमा उपमेयर उम्मेदवार मञ्जलीविरुद्ध उजुरी दर्ता

    उम्मेदवारी खारेज गर्न माग गर्दै ललितपुरमा उपमेयर उम्मेदवार मञ्जलीविरुद्ध उजुरी दर्ता

    4K
    Shares

    काठमाडौं । ललितपुर महानगरमा एमालेका तर्फबाट उपमेयरमा उम्मेदवारी दिएकी मञ्जली शाक्यविरुद्ध निर्वाचन आयोगमा उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी परेको छ । उपमेयरका उम्मेदवार शाक्यविरुद्ध मंगलबार आयोगमा ज्ञानबहादुर खत्रीले उजुरी दर्ता गरेका हुन् ।

    निर्वाचन अधिकृतको कार्यालय ललितपुरले शाक्यविरुद्ध उजुरी परेको पुष्टि गरेको छ । स्रोतका अनुसार २०७४ सालको प्रदेश सभा निर्वाचनमा शाक्यको नाम समानुपातिकतर्फको बन्द सुचिमा रहेको थियो ।

    उनको नाम आयोगको बन्द सूचीबाट नहटाई महानगरको उपमेयरमा उम्मेदवारी दर्ता गरेको बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend