
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तरी प्रतिशतभन्दा बढि नयाँ मतदाताहरु आफ्नो पार्टीको पक्षमा उभिने दावी गरेका छन् । महासचिव पोखरेलले पार्टी अध्यक्ष केपी ओलीको राष्ट्र निर्माणको भिजनबाट धेरैजसो नयाँ मतदाताहरु आफ्नो पार्टीको पक्षमा उभिने अवस्था आएको तर्क समेत गरे ।
स्थानीय तह निर्वाचनलाई केन्द्रित भएर पार्टीको सम्पर्क समन्वय कमिटीले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ओलीको राष्ट्र निर्माणको भिजनले छोएकै कारण मतदाताहरुले ‘आई लभ यू केपी बा’ भन्ने गरेको बताए । अव आउने स्थानीय निर्वाचनसहितका तीन वटै तहको निर्वाचनबाट आफ्नो पार्टीले सरकार बनाउने समेत महासचिव पोखरेलले दोहोर्याए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend