logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • बिहान विप्लवको पार्टीबाट निष्काशन, दिउसो नयाँ पार्टी घोषणाको तयारी

    बिहान विप्लवको पार्टीबाट निष्काशन, दिउसो नयाँ पार्टी घोषणाको तयारी

    4.5K
    Shares

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट निष्काशीत भएपछि हेमन्तप्रकाश ओली ‘सुर्दशन’ र धर्मेन्द्र बास्तोला नयाँ पार्टी घोषणाको तयारीमा जुटेका छन् । सो पक्षको बैठक बुधबार बिहान ललितपुरमा बसेको छ ।

    आजै बिहान कपिलबस्तुको शिवगढीमा बसेको विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा पक्षको बैठकले ओली र बास्तोलालाई पार्टीको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको थियो ।

    निर्णयलगत्तै कारबाहीमा परेका पक्षले बैठक बसेको हो । उनीहरुले छुट्टै पार्टी बनाएर आजै घोषणा गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

    पार्टी केन्द्रीय समितिमा ओली र बास्तोला पक्ष बहुमतमा दिए । पार्टी विभाजन भएपछि कसको पक्षमा कति हुन्छन् भन्ने एकिन हुन सकेको छैन् । यद्यपि ओली र बास्तोला पक्षले पनि विप्लव सहित प्रवक्तालाई कारवाही गर्ने तयारी गरेका गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend