logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • महानगरको बजेटले सहजै समेट्ने बालेनका यी सरल प्रतिवद्धता

    महानगरको बजेटले सहजै समेट्ने बालेनका यी सरल प्रतिवद्धता

    13.6K
    Shares
    महानगरको बजेटले सहजै समेट्ने बालेनका यी सरल प्रतिवद्धता

    काठमाडौं । स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले सार्वजनिक गरेका प्रतिवद्धतापत्र सामान्य छ ।

    महानगरपालिकाको बजेटले भ्याउने, महानगरको कार्यक्षेत्राधिकार भित्र पर्ने र ५ वर्षमा सम्पन्न गर्न सक्ने खालका कामहरु मात्रै बालेनले आफ्नो प्रतिवद्धतापत्रमा समावेश गरेका छन् ।

    बालेन शाहले जारी गरेका २२ बुँदे प्रतिवद्धता पत्रमा यी बुँदाहरु समावेश गरेका छन् ।

    १.शिक्षा
    उच्चस्तरिय प्रविधि सहितको गुणस्तरिय शिक्षा प्रदान गरिनेछ ।

    २.स्वास्थ्य
    महानगरका प्रत्यक वडामा डाईग्नोष्टिक ल्याव सहितको स्वास्थ्य सेवा प्रदान गरिने छ ।
    ७० वर्षभन्दा माथीको वृद्धवृद्धाको घरघरमै निःशुल्क स्वास्थ्य परिक्षण परिने छ ।

    ३.पुर्वाधार
    सांस्कृतिक महत्वका सम्पदा क्षेत्रको लागि उपभोक्ता समिती मार्फत निर्माण तथा पुनःनिर्माण कार्य गरिने छ ।
    बस स्टपमा फल्चा स्थापना गरिने ।

    ४.यातायात
    सवारी साधनको मात्रा र आवतजावतलाई संघ सस्था तथा कार्यालयको प्रकृतिको आधारमा वर्गिकरण गरेर कार्यालय समयको विभाजन गरिनेछ ।
    सार्वजनिक यातायातलाई एउटै संगठनमा जोड्ने र विद्युतिय सार्वजनिक यातायातको थालनी गरिने छ ।
    भवन भाडामा लिएर बहु–तले पार्किङमा परिणत गरिने छ ।
    खुल्ला ठाउँमा समय अनुसार फुटपाथ व्यवसायको समय निर्धारण गरिने छ ।

    ५.पानी व्यवस्थापन
    सबै ढुंगेधारा÷हिटी पुनः जागृत गराउनका लागि पुराना श्रोतलाई पुनःजागृत गराईने छ ।
    मेलम्ची खानेपानीको सबै तहमा अनुगमन र सहकार्य गरिने छ ।

    ६.महिला तथा बालबालिका
    हेल्पलाईन कल सेन्टर मार्फत महिला र बालबालिकाका लागि घरेलु हिंसा मुक्त सुरक्षित वातावरणको व्यवजस्था गरिने छ ।
    सरकारी स्कुलमा निःशुल्क सेनेटरी प्याडको व्यवस्था मिलाईनेछ ।
    सार्वजनिक सौचालय, सरकारी कार्यालय र सार्वजनिक स्थानहरुमा स्तनपान, शिशु नर्सिङ कोठाको व्यवस्था गरिनेछ ।

    ७.पर्यटन
    पर्यटनलाई स्थानीय वासिन्दाको जीवनचर्यासँग जोड्ने कार्यक्रमहरु ल्याईने छ ।
    जात्रालाई संस्कृति र सम्पदाको क्षेत्रसँग जोडेर सरकारी तहबाट प्रवद्र्धन गरिने छ ।

    ८. प्रदुषण नियन्त्रण
    पुर्वाधार एम्बुलेन्सको सहायताले प्रदुषणको मुल कारणको समाधान गरिने छ ।
    खाल्डाखुल्डी, ढल निकाश र अन्य प्रदुषण उत्सर्जन गर्ने क्षेत्रहरुको दु्रत मर्मत सम्हार र व्यवस्थापन गरिने छ ।

    ९. फोहोर व्यवस्थापन
    अर्गानिक, प्लाष्टिक र सिसाजन्य फोहोरलाई छुट्टाछुट्टै संकलन गरिने छ ।
    अर्गानीक फोहोरलाई प्राङगारिक मलमा परिणत गरी नजिकको कृषि प्रधान जिल्लाहरुमा बिक्रि गरिने छ ।
    कारखाना वा औद्योगिक फोहोरको परिवर्तनीय क्षमता अनुसार व्यवस्थापन गरिने छ ।

    १०. संस्कृति
    जात्रा ,चाडपर्व लगाएतका सांस्कृतिक कार्यक्रममा सहभागी हुन प्रोत्साहन गरी काठमाडौं महानगरको स्थानीय संस्कृति प्रवद्र्धन गरिने छ ।

    ११. सम्पदा
    सांस्कृतिक सम्पदा स्थल वरिपरीका घरहरुको जीर्णेद्धार र पुनरुत्थान गरी आफ्नो शैली अनुसार मुहार फेरिने छ ।
    पुराना मन्दिर, स्तुपा, गुम्बालाई पुराना वैज्ञानिक प्रविधिहरु जस्तै लिच्छवी वा मल्लकाल अनुसार पुननिर्माण गरिनेछ ।

    १२.कृषि
    तरकारी उत्पादन गर्न र काठमाडौंको ८० लाख जनसङख्यालाई उपभोग गराउन देशभरी रहेका कृषियोग्य खाली जग्गा भाडामा लिई फलफुल तथा तरकारी खेती गरीने छ ।
    शैक्षिक पृष्ठभुमी नभएतापनि युवाहरुलाई कृषि तालिम र काठमाडौं महानगरपालिकाले भाडामा लिएको जग्गामा रोजगारी दिईने छ ।

    १३.खेलकुद
    वडा तहमा खेलकुद मैदान र खेलकुद केन्द्र स्थापना गरिने छ ।
    अन्तराष्ट्रिय खेलकुद क्लवहरुसँगको सहकार्यमा युवा लिगहरु आयोजना गरिने छ ।
    पर्यटन र अर्थशास्त्रलाई प्रत्यक्ष प्रर्वद्धन गर्न अन्तराष्ट्रिय ई–स्पोर्टस् खेलाडीहरुलाई आकर्षित गर्न अन्तराष्ट्रिय स्तरमा र्ई–स्पोर्टस् प्रतियोगिता आयोजना गरिने छ ।

    १४.खुला ठाउँ र हरियाली
    शारीरिक तन्दुरुस्ती, मानसिक सतर्कता र भावनात्कम रुपमा स्थिरता कायम राख्ने क्यालिस्थेनिक पार्कहरुको निर्माण गरिने छ ।
    सहरको हरियाली सुधार गर्न फुटपाथ तथा सडकको मध्यपट्टी वृक्षारोपण गरिने छ ।

    १५.डिजिटल सेवा प्रवाह
    विवाह दर्ता, जन्मदर्ता लगाएतका महत्वपुर्ण कागजातको लागि अनलाईन फर्म भर्ने व्यवस्था गरिने छ ।
    करको दायरामा आउने नागरिकलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिने छ ।

    १६.होलडेलिभरी सरकार
    विवाह दर्ता, जन्मदर्ता लगाएतका महत्वपुर्ण कागजपत्र र वृद्धभत्ता होमडेलिभरीको व्यवस्था गरिने छ ।

    १७ आईडिया बैंक
    दक्ष र अदक्ष जनशक्ति, लगानीकर्ता र उद्यमशीलता विशेषज्ञहरुको तथ्याङक संकलन गरी रोजगारी र उद्यमशीलताका अवसरहरु उपलव्ध गराउन सहकार्य गरीने छ ।
    युवाहरुलाई उनीहरुको व्याक्तिगत करियर मार्ग पत्ता लगाउन मद्दत गर्न करियर परामर्श र कोचिङ उपलब्धता गराईने छ ।

    १८.दक्ष उद्यमशीलता र ईनोभेशन केन्द्र
    स्थानीय जनताको सीप प्रविधिको सुधार गर्न राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गरिने छ ।

    १९.नेपाल भाषा, रञ्जना लिपि र नेपाल संवतको प्रर्वद्धन
    स्थानीय भाषा र संस्कृतिको प्रर्वद्धन गर्न स्थानीय एनिमेशन चलचित्रहरु र स्थानीय पात्रहरुको परिचय गराईनेछ ।

    २०.ग्रेटर नेपाःभ्याली काँस्मोपलिटन
    काठमाडौं महानगर वरपरका सवै नगरपालिकालाई एउटै चिनारी नेवाः उपत्यकाका रुपमा प्रर्वद्धन गर्न अन्य सवै नगरपालिकासँग सहकार्य गरिने छ ।

    २१.प्रशासन र व्यवस्थापन
    सबै सरकारी कार्यालय बिहान सुचारु गरिने छ ।
    सबै सरकारी कार्यालयहरुमा सिसिटीभी जडान गरीने छ ।
    सरकारी प्रक्रियाको अनुगमन र फिल्टर गर्न स्थानीय जनतासँग मेयरको मासीक वडा बैठक गराईनेछ ।

    २२.भ्रष्टाचार विरोधी ब्युरो
    भ्रष्टाचार विरोधी साईबर,ब्युरो,अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सहकार्य गरिने छ ।
    काठमाडौं महानगरभित्र भ्रष्टाचार विरुद्धको विशेष फोर्स सवै मिली निजी, सार्वजनिक र सरकारी क्षेत्रका लागि तयार पारिने छ ।

     

     

     

     

     


    पार्वती पाण्डेय
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend