शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

बनेपा नगरपालिकाका मेयर श्रेष्ठद्वारा एमाले परित्यागको घोषणा

बनेपा नगरपालिकाका मेयर श्रेष्ठद्वारा एमाले परित्यागको घोषणा

 

काभ्रे । काभ्रेको बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादे श्रेष्ठले एमाले परित्याग गरेका छन् । उनले आज (शनिबार) पत्रकार सम्मेलन आयोजना गरेर पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

बनेपा नगरपालिकाको मेयर पदमा पुनः उठ्ने आकांक्षा व्यक्त गरेका श्रेष्ठलाई नेकपा एमालेले टिकट नदिएपछि पार्टी परित्याग गरेको जानकारी दिइएको छ । एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले बनेपाको मेयर पदमा पुनः उठाउने बचन दिएर धोका दिएको भन्दै उनले पार्टी परित्याग गरेका बताए ।

पत्रकार सम्मेलनमा उनले पार्टी र बास्कोटासहितको नेताहरूले आफूलाई झुक्याउने काम गरेको बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend