आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

सिंगो देश नै एमालेमय भएको छ, एमालेको पक्षमा बन्ने टिकटकको हिसाब गर्नै गाह्रो छः अध्यक्ष ओली

सिंगो देश नै एमालेमय भएको छ, एमालेको पक्षमा बन्ने टिकटकको हिसाब गर्नै गाह्रो छः अध्यक्ष ओली

 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले सिंगो देश नै एमालेमय भएको दाबी गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले भने,‘अहिले देश एमालेमय बनाउन सफल भएको छ, देश नै एमालेमय भएको छ ।’ ओलीले अहिले एमालेको पक्षमा कति टिकट र फेसबुक स्टाटस लेखिन्छ भनेर हिसाब गर्न नै गाह्रो भएको बताए ।

‘एकदिनमा टिकटक कति बन्छन् हिसाब गर्न गाह्रो छ, फेसबुकमा कति स्टाटस लेखिन्छन्, त्यो फेसबुकले मात्र जान्दछ,’ उनले भने, ‘हरेक ठाउँमा २, ३ वा ५ वटा गित लोकार्पण भइरहेका छन् ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend