मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

मतपत्र बलियो कागजमा राखेकाले चपाउन, च्यात्न सकिदैन भन्ने प्रमुख आयुक्तको अभिव्यक्तिप्रति वर्षमान पुनको आपत्ति

मतपत्र बलियो कागजमा राखेकाले चपाउन, च्यात्न सकिदैन भन्ने प्रमुख आयुक्तको अभिव्यक्तिप्रति वर्षमान पुनको आपत्ति

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुनले निर्वाचन आयोगका प्रमुख आयुक्तको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । आइतबार १३३ औँ मे दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्ति र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति मिलेको भन्दै आपत्ति जनाएका हुन् ।

प्रमुख निर्वाचन आयुक्तको मतपत्र बलियो कागजमा राखेकाले चपाउन, च्यात्न सकिदैन भन्ने अभिव्यक्ति र ओलीको पनि सोही अभिव्यक्ति हुनु कसरी मिल्यो भन्ने उनले प्रश्न गरेका हुन् । कुनै नेता विशेष र पार्टी विशेषको बोलि निर्वाचन आयोगले बोल्न नमिल्ने उनले बताए । नेता पुनले आयोगलाई निष्पक्ष र व्यवसायिक भुमिका निर्वाह गर्न पनि आग्रह गरे ।

उनले देशका विभिन्न ठाउँमा भएका निर्वाचन कार्यालयहरुले निष्पक्ष भुमिका खेल्न नसकेको पनि बताए । नेता पुनले संविधान र लोकतन्त्रको रक्षाको निम्ति वर्तमान गठबन्धन बनेको उल्लेख गर्दै वर्तमान उपलब्धीको रक्षापछि गठबन्धनका दलहरु आपसमा प्रतिस्पर्धा गर्ने बताए । उनले एमाले अध्यक्ष ओली वामपन्थी नभएको आरोप पनि लगाए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend