logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • गण्डकी, आर्मी र पुलिसको विजयी सुरुवात

    गण्डकी, आर्मी र पुलिसको विजयी सुरुवात

    4.4K
    Shares

    काठमाडौं । गण्डकी प्रदेश भलिबल क्लब, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले छैटौं आररबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा आइतबार पुरुषतर्फ विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबारदेखि सुरु भएको लिगमा गण्डकीले ढोरपाटन स्पोर्टस क्लबलाई ३–१ को सेटमा हराउँदै विजयी सुरुआत गरेको हो ।

    गण्डकीले २५–१६, २३–२५, २५–१९, २६–२४ को जित निकालेको थियो । पहिलो जितसँगै गण्डकीले तालिकामा तीन अंक जोड्न सफल भएको छ । यस्तै आइतबार नै भएको अर्को खेलमा विभागीय टोली नेपाल पुलिसले गलकोट स्पोट्र्स क्लबलाई ३–० को सोझो सेटमा स्तब्ध बनायो । पुलिसले २५–१५, २५–१७, २५–२२ को सेटमा जित निकालेको हो ।

    आइतबार नै भएको दिनको तेस्रो खेलमा त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टोली एपिएफ क्लबमाथि ३–० को सोझो सेटमा जित निकाल्यो । आर्मीले एपीएफमाथि २५–२३, २५–१८ र २५–२२ को सेटमा जित निकाल्दै आइतबारबाट सुरु भएको प्रतियोगितामा विजयी सुरुआत गरेको हो । यससँगै आर्मीले पनि अंक तालिका स्पष्ट तीन अंक जोड्न सफल भएको छ भने एपिएपफले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

    प्रतियोगितामा सोमबारबाट महिला तर्फका खेल हुनेछन् । जस अनुसरा विभागीय टोली त्रिभुवन आर्मी क्लबले एभरेष्ट भलिबल क्लबसँग प्रतिस्पर्धा गर्ने छ भने महिला तर्फको दिनको दोस्रो खेल एपिएफ र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । यस्तै पुरुष तर्फ भने तीन खेल हुनेछन् । पुरुष तर्फ दिनको पहिलो खेल हेल्प नेपाल स्पोर्ट्स क्लब र ढोरपाटन स्पोर्ट्स क्लब, दोस्रो खेल त्रिभुवन आर्मी र गण्डकी प्रदेश तथा तेस्रो खेल एपिएफ र गल्कोट स्पोटर््स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

    वैशाख २४ गतेसम्म सञ्चालन हुने लिगमा महिलातर्फको खेलमा भने विभागीय टोलीको नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, न्यु डायमन्ड र एभरेष्ट माबि रहेका छन् । पुरुषतर्फ नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, हेल्प नेपाल, गण्डकी प्रदेश, गल्कोट स्पोट्र्स क्लब र ढोरपाटन स्पोटर््स क्लब रहेका छन ।

    लिगमा महिला पुरुष दुवै तर्फका विजेताले ६ लाख, उपविजेताले तीन लाख, तेस्रो हुने टोलीले एक लाख ५० हजार र चौथो हुने टोलीले ७५ हजार रुपियाँ पुरस्कार पाउनेछ । लिगको सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीलाई जनही ३५ हजार र विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही १५ हजार रुपियाँ प्रदान गरिने संघले जनाएको छ । लिगमा प्रत्येक टोलीले तीन जना विदेशी खेलाडी समावेश गर्न पाउने प्रावधान राखिएको छ । प्रतियोगिताको मुख्य प्रायोजक राष्ट्रिय वाणिज्य बैंक रहेको छ । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend