आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

बालेनमाथी स्थापितको आरोप- त्यो त अन्तर्राष्ट्रिय ठग हो

बालेनमाथी स्थापितको आरोप- त्यो त अन्तर्राष्ट्रिय ठग हो

काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकामा उम्मेदवार रहेका केशव स्थापित स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) माथि खनिएका छन् । उनले बालेनलाई अन्तर्राष्ट्रिय ठग भएकोसमेत आरोप लगाए ।

‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ । यो त अन्तर्राष्ट्रिय ठग रहेछ,’ काठमाडौंमा आज आयोजित पार्टी कार्यक्रममा स्थापितले भने, ‘युवाहरूले सुनौं है, मसँग परिचय गर्दा पनि म काठमाडौंमा जन्मेको, म पहाडिया ठकुरी भन्छ क्या। हिजो के कुरा खुल्यो भने मधेशतिरको साह रहेछ हेर्नुस् न। सुरूवातमै ठग कुरा गर्ने यहाँ ल्यायो भने के हालत हुन्छ?’

उनले बालेनलाई दर्तावाल ठग भएको आरोप लगाए । बालेनलाई काठमाडौंमा कति मानिस बस्छन् भन्नेसमेत थाहा नभएको स्थापितले दाबी गरेका थिए।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend