मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

आईपीएलमा चेन्नाई १३ रनले विजयी

आईपीएलमा चेन्नाई १३ रनले विजयी

काठमाडौं । सनराइजर्स हैदरावादलाई १३ रनले हराउँदै साविक विजेता चेन्नई सुपर किङसले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा तेस्रो जित निकालेको छ ।

पुनेमा आइतबार चेन्नईले दिएको २०३ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १८९ रनमा समेटियो ।

हैदरावादका निकोलस पुरनले अविजित ६४ रन बनाए । कप्तान केन विलियम्सनले ४७ रन तथा अभिषेक शर्माले ३९ रनको योगदान दिए । चेन्नईका मुकेश चौधरीले ४ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा २ विकेट गुमाएर २०२ रन बनायो । चेन्नईका रुतुराज गायकवाडले सर्वाधिक ९९ रन बनाए । डेभोन कोन्वेले अविजित ८५ रनको योगदान गरे । हैदरावादका टी नटराजनले २ विकेट लिए ।

जितसँगै चेन्नईले ९ खेलबाट ६ अंक जोडेर नवौं स्थानमा छ । हैदरावाद ९ खेलमा १० अंक जोडेर चौंथो स्थानमा छ ।

आइतबारकै अर्को खेलमा लखनउ सुपर जायन्टसले दिल्ली क्यापिटल्सलाई ६ रनले हरायो । १९६ रनको लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ७ विकेट गुमाएर मात्र १८९ रन बनाउन सक्यो । यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ३ विकेट गुमाएर १९५ रन बनाएको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend