logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • आईजिपी नियुक्तिमा असन्तुष्ट एआईजी विश्वराज पुगे सर्वोच्चमा

    आईजिपी नियुक्तिमा असन्तुष्ट एआईजी विश्वराज पुगे सर्वोच्चमा

    3.1K
    Shares

    काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिको विषयमा असन्तुष्ट रहेका एआईजी विश्वराज पोखरेल सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका छन् ।

    सुनिता रावतको वारेसनामामा पोखरेलको रिट सर्वोच्चमा दर्ताका लागि पुगेको हो । रिट हाल अध्ययनको क्रममा रहेको अदालत स्रोतले जानकारी दिएको छ ।

    सोमबार बसेको क्याबिनेट बैठकले धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको नयाँ आईजीपी नियुक्त गरेको थियो । सरकारले विधि र प्रक्रिया मिचेर आईजीपी नियुक्त गरेको भन्दै पोखरेल सर्वोच्च अदालत पुगेका हुन् ।

    सिंहले आज दज्र्यानी चिह्न लगाइसकेका छन् । सोमबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव टेकनरायण पाण्डेले नवनियुक्त आईजीपी सिंहले फुली लगाएका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend