शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

केशव स्थापितले बालेन शाहमाथि लगाए गम्भीर आरोप

केशव स्थापितले बालेन शाहमाथि लगाए गम्भीर आरोप

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले अर्का उम्मेदवार बालेन शाहमाथि गम्भीर आरोप लगाएका छन् । शाहको शरीरमा आफ्नो टाउको भएको तस्वीर बनाएर ‘केशव स्थापितलाई जिताऊँ, लौरोमा भोट हालौं’ भनेर प्रचार गरेको उनको दाबी छ ।

मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित कार्यक्रममा नेकपा एमालेका मेयरका उम्मेदवार स्थापितले भनेका छन्, ‘बालेन भन्ने पात्रबारे केही नबोल भन्छन् । मैले ठग्ने काम नगर है मात्र भनेको हो ।’

बोलनको चर्को आलोचना गरेका उनले ‘जे पायो, त्यही गरेर’ र्‍याप भन्ने गरेको बताए ।

स्थापितले आफ्ना प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार शाहमाथि महिला हिंसाको आरोप लगाएका छन् । शाहले आफ्नो खास परिचय लुकाएको आरोप समेत लगाएका स्थापितले बालेनका र्‍याप गीतलाई लिएर थप प्रश्न उठाएका हुन् । र्‍याप भन्दैमा मनपरी गर्न नपाइने तर्क गर्दै स्थापितले बालेनको र्‍याप गीतले महिलामाथि हिंसा गरेको आरोप लगाए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend