आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

आफूले कहिल्यै संगत नै नगरेको महिलासँग आफूलाई आरोपित गरेको स्थापितको गुनासो

आफूले कहिल्यै संगत नै नगरेको महिलासँग आफूलाई आरोपित गरेको स्थापितको गुनासो

काठमाडौं । नेकपा (एमाले)का काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले आफूले कहिल्यै संगत नै नगरेको महिलासँग आफूलाई आरोपित गरेको गुनासा गरेका छन् । आफू मेयर सम्पदा विभागमा काम गर्न आएकी ती महिलासँग आफूले कहिल्यै संगत नगरेको स्थापितले दावी गरे ।

मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित चुनावी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफू महिलामैंत्री भएकाले उनीहरुसँग आफ्नो धेरै फोटोहरु हुन सक्ने तर्क गरे । तर, महिलाहरुमाथि आफूले कुनै पनि अनुचित सम्बन्ध नराखेको उनको जिकीर थियो । मेयरका उम्मेदवार स्थापितले आफू विगतमा मेयर हुँदा महानगरपालिकामा महिलालाई समेटेर खेलकुदको छुट्टै विभाग बनाउने प्रयास गरेको पनि बताए ।

आफू मेयर हुँदा पुरुष कर्मचारीहरुले रेष्टुरेन्टमा भेटेर लेनदेनको आधारमा काम गरेको आफूले पाएपनि महिला कर्मचारीहरुले त्यसो नगरेकाले उनीहरुमाथि आफूले सधैं सम्मान गर्ने गरेको उनले पटकपटक दोहो¥याए । स्थापितले आफूले महिलाहरुको सधैं सम्मान गर्ने तर त्यसैलाई लिएर आरोपित भईरहन जरुरी नभएको दोहो¥याए ।

स्थापितले आफू महिला हिंसा विरोधी भएकाले उनीहरुमाथि आरोप लगाउँदा पनि आफूले गालीमा जवाफ दिन नचाहेको बताए । उनले आफूले जनतालाई फल दिनुपर्ने भएकाले कसैलाई पनि गाली दिन नमिल्ने बताए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend