logo

२०८१ मंसिर १ शनिबार

logo
  • शनिबार, १ मंसिर २०८१
  • निर्वाचन आचारसंहिताका सबै बूँदाहरुको पूर्णपालना गर्न सञ्चार माध्यामहरुलाई पुनः आग्रह

    निर्वाचन आचारसंहिताका सबै बूँदाहरुको पूर्णपालना गर्न सञ्चार माध्यामहरुलाई पुनः आग्रह

    3.2K
    Shares

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताका सबै बूँदाहरुको पूर्णपालना गर्न सञ्चार माध्यामहरुलाई पुनः आग्रह गरेका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचारसंहिताको समाचार भन्ने तर दृष्य चाँही त्यस विपरित आउने काम भए त्यो खतरनाक हुने भन्दै त्यस्तो अवस्था आउन नदिन पनि सञ्चार माध्यामहरुको गम्भिर ध्यानाकर्षण गराए ।

    सामूदायिक रेडियो प्रसारक संघले मंगलबार काठमाडौंमा जारी गरेको निर्वाचन आचारसंहिता सार्वजनिक गर्दै उनले निर्वाचन आचारसंहिताको पूर्णपालना गरेर मात्रै निर्वाचनलाई स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न गर्न सकिने पनि स्मरण गराए । प्रमुख निर्वाचन आयुक्त थपलियाले दृष्यहरु निर्वाचन आचारसंहिता विपरितका भए त्यसले आम मतदाताहरुमा नकारात्मक असर पर्नेतर्फ पनि सञ्चार माध्यामहरुलाई सचेत गराए ।

    निर्वाचन आयोगले सबैले मान्छु भन्ने प्रतिवद्धतासहित जारी गरिएको निर्वाचन आचारसंहिताको कार्यान्वयन हुँदैन कि भनेर आशंका गर्ने ठाउँ नै नरहेको तर्क समेत गरे ।

    कार्यक्रममा सार्वजनिक गरिएको सामूदायिक रेडियो प्रसारक संघको निर्वाचन आचारसंहितामा मतदाता र मतदान प्रक्रियालाई नकारात्मक रुपमा प्रभावित पार्ने मनसायले कुनै पनि विज्ञापनलाई समाचारको रुपमा प्रस्तुत नगर्न सचेत गराइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend