आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

एमालेसँग भिड्न एक्लै होइन, चारले पनि चिताउन सक्दैन, पाँचै चाहिन्छ: अध्यक्ष ओली

एमालेसँग भिड्न एक्लै होइन, चारले पनि चिताउन सक्दैन, पाँचै चाहिन्छ: अध्यक्ष ओली

 

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश दुई दलीय व्यवस्थामा गइसकेको बताएका छन् । मंगलबार झापाको मेचीनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एकातिर नेकपा एमाले र अर्कोतिर गठबन्धन नामको पार्टी रहेको बताएका हुन् ।

उनले भने, ‘गठबन्धन पनि एउटा पार्टी जस्तै हो । एउटा पक्ष गठबन्धन । एउटा पक्ष एमाले । एमालेसँग भिड्न एक्लै कसैले होइन, चार जनाले पनि चिताउन सक्दैन, पाँचै जना चाहिन्छ ।’

उनले आगामी दुवै निर्वाचनमा पाँच दलीय गठबन्धनसँग एमाले प्रतिस्पर्धा गर्न इच्छुक रहेको बताए । उनले दुवै निर्वाचनमार्फत एमालेले पाँच वटै दललाई पराजित गर्ने दाबी गरे । उनले भने,‘यो गठबन्धन टुटिहाल्ला कि भन्ने डर छ । पाँचै दललाई एकै पटक क्रयाककुरुक पारेर फाल्दिनु जति आनन्द केहीमा हुँदैन ।’

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend