आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

नेपालमा थप १९ जनामा कोरोना पुष्टि, १८ जना निको

नेपालमा थप १९ जनामा कोरोना पुष्टि, १८ जना निको

 

काठमाडौं । नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ८२१ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप १९ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ८० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा मुलुकभर १८ संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या ९ लाख ६६ हजार ७१५ पुगेको छ ।

हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५१ ले ज्यान गुमाइसकेका छन् । हाल नेपालमा २ सय १७ जना सक्रिय संक्रमितहरु आइसोलेशनमा रहेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend