शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

यहाँको प्रशासनिक सेवा सुस्त रहेकाले, घरमै बसेर अनलाइनबाट सेवा लिन सक्ने वातावरण बनाउँछु: सिर्जना सिंह

यहाँको प्रशासनिक सेवा सुस्त रहेकाले, घरमै बसेर अनलाइनबाट सेवा लिन सक्ने वातावरण बनाउँछु: सिर्जना सिंह

काठमाडौं । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदकी उम्मेदवार सिर्जना सिंहले काठमाडौंको व्यवस्थित रुपमा विकास गर्ने बताएकी छन् । बिहीवार काठमाडौंमा गोरखा–काठमाडौं चुनाव प्रचार समुहले आयोजना गरेको शुभकामना कार्यक्रममा बोल्दै सिंहले अस्तव्यस्त काठमाडौंको विकासलाई व्यवस्थित रुपमा विकास गर्ने बताएकी हुन् ।

उनले काठमाडौं महानगर जनताले खोजेको जस्तो नभएकाले आफू मेयर जितेर आए जनताले खोजेको जस्तै काठमाडौं महानगर बनाउने बताईन् । सिंहले काठमाडौं महानगरको प्रशासनिक सेवा सुस्त रहेकाले अब महानगरबासीले घरमा नै बसेर अनलाइन मार्फत सेवा लिन सक्ने वातावरण बनाउने बताईन् ।

उनले महानगरमा खानेपानीको समस्या रहेकाले सार्वजनिक स्थानहरुमा शुद्ध र निःशुल्क खानेपानीको व्यवस्था गर्ने प्रतिवद्धता जनाईन् । काठमाडौं महानगरबासीको लागि घर–घरमा स्वास्थ्य उपचार तथा महानगरबासीको लागि छुट्टै सुविधा सम्पन्न अस्पताल बनाएर विपन्न, असहाय र जेष्ठ नागरिकलाई निःशुल्क सेवा दिने योजना रहेको उनले सुनाए ।

उनले आफूलाई विरासतको राजनीतिबाट आएको आरोप लागे पनि रैतीलाई नागरिक बनाउने परिवारको सदस्य रहेको बताए । काठमाडौं महानगरको मेयरको उमेद्वार भए पनि आफू कर्ता मात्रै भएको भन्दै उनले महानगरको विकासमा सबैसँग समन्वय गरेर मात्रै काम गर्ने बताए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend