आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

कांग्रेस कमजोर भएर गठबन्धन गरेको होइनः महामन्त्री शर्मा

कांग्रेस कमजोर भएर गठबन्धन गरेको होइनः महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधान रक्षाका लागि चुनावी गठबन्धन गरिएको बताएका छन्।

कांग्रेस कमजोर भएर होइन, संविधान रक्षाका लागि गठबन्धन गर्नुपरेको हो,’ रूपन्देहीको तिलोत्तमामा बिहीबार भएको चुनावी सभामा उनले भने, ‘तालमेल भएका ठाउँमा इमान्दारीतापूर्वक मतदान गरौं।’

उनले कांग्रेस र एमाले दुवैको घोषणापत्र पढेर विवेक पुर्‍याएर मतदान गर्न पनि आग्रह गरेका थिए।

उनले तिलोत्तममा चक्रपथ निर्माण गर्ने योजना उत्कृष्ट रहेको बताउँदै प्रशासनिक भवनलाई अस्पतालमा रुपान्तरण गर्ने योजनाको तारिफयोग्य भएको बताएका थिए। ‘जनताको स्वास्थ्यभन्दा ठूलो जनप्रतिनिधि बस्ने भवन हुँदैन’, उनले भने।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend