logo

२०८१ बैशाख २९ शनिबार

logo
  • शनिबार, २९ बैशाख २०८१
  • श्रीलंकामा फेरि आपतकाल घोषणा

    श्रीलंकामा फेरि आपतकाल घोषणा

    7.7K
    Shares

    कोलम्बो । श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले फेरि आपतकाल घोषणा गरेका छन् । सरकारविरोधी प्रदर्शनहरु चर्किरहेका बेला राजापाक्षेले पुनः आपतकाल घोषणा गरेका हुन् ।

    सार्वजनिक व्यवस्था सुनिश्चित गर्न राष्ट्रपतिले कडा कानुनको आह्वान गरेको पनि उनका प्रवक्ताले बताए । देशको आर्थिक आर्थिक संकटलाई लिएर शुक्रबार विभिन्न ट्रेड युनियनहरूले राष्ट्रपतिको राजीनामा माग गर्दै देशव्यापी हड्ताल गरेका थिए ।

    श्रीलंकाको संसदमा तोडफोड गर्न खोजेका विद्यार्थीमाथि प्रहरीले फेरि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो ।

    लामो लोडसेडिङ, खाद्यान्न, इन्धन र औषधिको तीब्र अभावले २ करोड २० लाख जनसंख्या भएको श्रीलंकामा व्यापक पीडा निम्त्याएको छ । सन् १९४८ मा स्वतन्त्रपछि श्रीलंका अहिलेसम्मकै खराब आर्थिक संकटबाट गुज्रिरहेको छ । -एजेन्सी


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend