सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

प्रचण्डको धम्कीको कुनै अर्थ छैन: अध्यक्ष आली

प्रचण्डको धम्कीको कुनै अर्थ छैन: अध्यक्ष आली

धरान । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माओवादीलाई भोट नदिए देश दुर्घटनामा जान्छ भनेर धम्की दिनुको कुनै अर्थ नरहेको बताएका छन् । शनिबार सुनसरीको धरानमा एमालेले आयोजना गरेको चुनावी सभामा बोल्दै ओलीले दाहालको धम्कीको कुनै अर्थ नरहेको बताएका हुन् ।

“बाँदरले रूखको हाँगो हल्लाएर अरूलाई तर्साउन खोज्नुलाई नेवारी भाषामा माकाफुईं भनिन्छ। यो शब्द मैले पहिले पनि काठमाडौंमा भनेको थिएँ, अहिले धरानमा भन्दै छु‚” उनले भने‚ “दाहालको धम्की बाँदरले रूखको हाँगो हल्लाए जस्तै हो।’

ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा भने दाहालको धम्कीले थरर कामेको दाबी गरे। दाहालको धम्कीबाट डराएर देउवाले भरतपुरमा रेणु दाहाललाई उम्मेदवार बनाउन आफूले नै प्रस्ताव गरेको बताउन थालेको बताए। ओलीले दाहाल अहिले भिजेको मुसो जस्तो भएर कांग्रेसको वरिपरि घुमिरहेकाले उनको धम्कीले कोही नतर्सिने टिप्पणी गरे ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend