आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

गठबन्धनको विरोधमा बोल्नेलाई समेत कारबाही गर्नुपर्ने अवस्था आएको छ: देउवा

गठबन्धनको विरोधमा बोल्नेलाई समेत कारबाही गर्नुपर्ने अवस्था आएको छ: देउवा

जनकपुरधाम । नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको विरोधमा बोल्नेलाई समेत कारबाही गर्नुपर्ने अवस्था आएको बताएका छन् । उनले आज (शनिबार) जनकपुरमा आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

बागी उम्मेदवारलाई धमाधम कारवाही गरेको उल्लेख गर्दै देउवाले गठबन्धनको विरोधमा बोल्नेलाई समेत कारबाही गर्नुपर्ने अवस्था आएको बताएका हुन् ।

‘कुनै पार्टीलाई कहीँ चित्त बुझ्ला, कुनैलाई चित्त नबुझ्ला । निर्णय भएपछि मान्नुपर्छ। पार्टीको अनुशासनमा बस्नुपर्छ,’ जनकपुरधामको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भने, ‘मेरो पार्टीमा नमान्नेलाई कारवाही गरेको छु। साधारण सदस्य खारेज गरेको छु। गठबन्धनको खिलाफमा बोल्नेलाई पनि कारबाही गर्नुपर्ने अवस्था आएको छ। गठबन्धनलाई टिकाउनुपर्छ। यो उहाँहरुले बनाएको प्रधानमन्त्रीको कर्तव्य हो। गठबन्धनको खिलाफमा उठ्नुहुँदैन ।’

देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली निरंकुश बन्न खोज्दा गठबन्धन बनेको बताएका छन्। ‘षड्यन्त्र फेरि शुरु भयो। केपी शर्मा ओलीजीले फेरि अर्को ज्ञानेन्द्र राजा बन्न कोशिश गरे। संसदमा विरोध गरे संसद भंग गरिहाल्ने। अदालतबाट ल्याए फेरि भंग गर्ने,’ देउवाले भने, ‘अहिलेको संविधानमा संसद भंग नहोस् भन्नका लागि धेरै क्लजहरु राखिएका छन्। तर, विरोध गर्नसाथ ओलीले संसद भंग गरिहाल्ने १ अहिले अदालतबाट संसद पुनर्स्थापना भयो। संसद चल्नै नदिने।’

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend