
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धनले पाँचवटै पार्टीले फाइदा उठाउने बताएका छन् । उनले पाँच दलीय गठबन्धनले पाँच वटै दलको राजनीतिक स्वार्थलाई सम्बोधन गरेको बताएका हुन् ।
पाँच दलीय गठबन्धनद्वारा जनकपुरको तिरुतियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘पाँच दलको राजनीतिक स्वार्थलाई पनि सम्बोधन गरेको छ। पाँचवटै पार्टीले फाइदा उठाउने सुनिश्चित गरेका छौँ ।’
गठबन्धन अहिलेको स्थानीय तह र प्रतिनिधि, प्रदेशसभाको चुनावलाई मात्रै नभएर देशलाई स्थायित्वमा निरन्तरता राख्ने उनले बताए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend