धनुषा । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षाका लागि पाँच दलीय गठबन्धन भएको बताएका छन् । उनले आग (शनिबार) जनकपुरमा आयोजित पाँच दलीय गठबन्धनद्वारा आयोजित सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न समेत अध्यक्ष यादवले अपिल गरे । उनले जनकपुरधाम अझै सुन्दर र व्यवस्थित नगरी बनाउनका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन नगरवासीसँग अपिल गरे ।