मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

केपी ओलीले मुलुकमा अधिनायकवादी व्यवस्था लाद्न खोजेपछि गठबन्धन गर्नुपर्‍यो: देउवा

केपी ओलीले मुलुकमा अधिनायकवादी व्यवस्था लाद्न खोजेपछि गठबन्धन गर्नुपर्‍यो: देउवा

जनकपुर । प्रधानमन्त्री एवम् नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओलीले मुलुकमा अधिनायकवादी व्यवस्था लाद्न खोजेपछि आफूहरुबीच गठबन्धन गर्नु परेको बताएका छन् । सभापति देउवाले सत्तारुढ गठबन्धन मुलुकमा संघीयता र संविधानको रक्षाको लागि आवश्यक रहेको पनि दोहो¥याए ।

शनिबार जनकपुरमा आयोजित सत्तारुढ गठबन्धनको आमसभामा बोल्दै उनले नेपाली काग्रेसको महाधिवेशनबाट समेत गठबन्धनलाई अनुमोदन गरिएको कारणले यसको औचित्यमाथि काग्रेसले प्रश्न उठाउन नसक्ने बताए । देउवाले तराई मधेसमा नागरिकताको समस्या रहेको बताउदै यसलाई छिटो समाधान गर्ने आश्वासन समेत दिए ।

कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मधेशमा विद्यमान नागरिकताको समस्या समाधान गर्ने आश्वासन दिए । उनले विगतमा एमालेको कारण सो समस्या समाधान हुन नसकेको आरोप समेत लगाए ।

अध्यक्ष दाहालले अब सदन खुल्ने बित्तिकै नागरिकता समस्या समाधान हुने बताए । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षाका लागि पाँच दलीय गठबन्धन भएको बताए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend