logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • नेपालमा रोजगारीका लागि आउने विदेशीको सङ्ख्या बढ्यो

    नेपालमा रोजगारीका लागि आउने विदेशीको सङ्ख्या बढ्यो

    2.2K
    Shares

    काठमाडौं । कोरोना सहज भएसँगै नेपालमा रोजगारीका लागि आउने विदेशीको सङ्ख्या बढेको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो नौ महिनामा ७७१ जना विदेशीले नेपालमा काम गर्न श्रम स्वीकृति लिएका छन् ।

    आ व २०७७÷७८ को सोही अवधिमा ६७६ जनाले श्रम स्वीकृति लिएका थिए । सो विभागका अनुसार यो अवधिमा श्रम स्वीकृति नवीकरण गर्नेको सङ्ख्या भने घटेको छ । चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म ८१५ जनाले श्रम नवीकरण गरेका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ९७७ जनाले नवीकरण गरेका थिए ।

    अघिल्ला दुई आर्थिक वर्षमा भने रोजगारीका लागि नेपाल आउने विदेशी बढेका थिए । आव २०७६÷७७ मा नयाँ श्रम स्वीकृति र सोको नवीकरण गर्नेको सङ्ख्या दुई हजार ५० रहेकोमा आ।व। २०७७७८ मा दुई हजार ३९० रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend