आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

प्रचण्डलाई बिरालोसँग तुलना गर्दै ओलीले भने कांग्रेसभन्दा एमालेले ठूलो कचौरामा दूध दिन सक्छ

प्रचण्डलाई बिरालोसँग तुलना गर्दै ओलीले भने कांग्रेसभन्दा एमालेले ठूलो कचौरामा दूध दिन सक्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बिरालोसँग तुलना गर्दै कटाक्ष गरेको छन् । उनले एमालेसँग एक साताभित्र गठबन्धन टुटाउन सक्ने क्षमता रहेको दाबी गर्दै पत्रकार सम्मेलनमा भने, ‘एकैछिनमा होइन । हामीले चाहेमा एक हप्तामा गठबन्धन ढल्छ। त्यसका लागि केही भन्नै पर्दैन ।

बिरालो किन्न पर्दैन भन्ने तपाईंलाई थाहै होला। बिरालोलाई जसले ठूला कचौरामा दूध भात दिन्छ । उसैकहाँ जान्छ । कसैको सवाल जवाफ छैन । बिरालो लिने क्षमता कांग्रेसको भन्दा हाम्रो धेरै छ ।’

निर्वाचन भयरहित वातावरणमा हुनुपर्ने भए पनि गठबन्धनका नेताहरूले आचारसंहिता उल्लंघन गरेर धम्की दिएको आरोप लगाए । प्रचण्डले चितवनको कांग्रेसीले हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान्ने भनेर जनतालाई थर्काएको उनको भनाइ छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend