
पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनबाट सबै पार्टीलाई फाइदा पुग्ने बताएका छन् । देशको हित र सबै पार्टीको फाइदाका लागि गठबन्धन गरेका हौं चितवनमा आयोजित चुनावी सभामा बोल्दै प्रचण्डले भने, गठबन्धनले नै संसद र संविधानलाई ठूलो दुर्घटनामा जानबाट जोगाएको हो।
पाँच दलीय गठबन्धन नभएको मुलुक यतिबेला ठूलो दुर्घटनामा पुगिसकेको हुने उनले बताए। गठबन्धन जन्मेकै दिनदेखि गठबन्धन टुटाउने सडेन्त्र भइरहेको समेत उनको दाबी छ।
निर्वाचन अग्रगमन र प्रतिगमनबीच भएको छ। सामन्तीहरू एकातिर छन् भने हामी अग्रगामी अर्कोतिर छौ, उनले भने। गठबन्धनलाई जिताउन प्रचण्डले अपिल गरेका छन्। अग्रगमनविरुद्ध राजावादीहरूको अर्को गठबन्धन बनेको प्रचण्डको दाबी छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend