logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • गफ होइन काम गर्न मेयरमा उम्मेदवारी दिएकी हुँ: सिर्जना सिंह

    गफ होइन काम गर्न मेयरमा उम्मेदवारी दिएकी हुँ: सिर्जना सिंह

    2.9K
    Shares

    काठमाडौं । गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुखको उम्मेदवार सिर्जना सिंहले कांग्रेसले काठमाडौं महानगरको टिकट महिलालाई दिएर आम महिलाको सम्मान गरेको बताएकी छन् । नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–२६ ले आज आयोजना गरेको घरदैलो एवं चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

    उनले काठमाडौंको विकासका लागि आफूलाई मतदान गर्न सबैलाई आग्रहसमेत गरिन् । गफभन्दा पनि काम गर्न मेयरमा उम्मेदवारी दिएको उनको भनाइ छ ।

    ‘‘म गफ गर्नका लागि उम्मेदवार भएको हैन, काम गर्नका लागि उम्मेदवार भएको हो, समृद्ध काठमाडौं महानगर निर्माणका लागि मलाई जिताउनुहोस्, तपाईंको मतको अपमान हुन दिन्नँ,” उनले भनिन् । टोलवासीको सुख दुःखमा आफू लाग्नेसमेत उनको भनाइ छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend