काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ३ गते मंगलवार संसद अधिवेशन आह्वान गरेकी छन् ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद अधिवेशन बोलाएकी हुन् ।
आइतबार बसेको मन्त्रिपरिषदले जेठ ३ गते मंगलबार अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो। सोही अनुरूप राष्ट्रपति भण्डारीले दुवै सदनको अधिवेशन आह्वान गरीन् । ।
जेठ १५ गते आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैका लागि सरकारले संसदको बजेट अधिवेशन आह्वान गरीएको हो ।