logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • युक्रेनमा युद्ध, सगरमाथामा मित्रता

    युक्रेनमा युद्ध, सगरमाथामा मित्रता

    3K
    Shares

    काठमाडौँ । अहिले रुस–युक्रेनबीच युद्ध चलिरहेको छ तर सगरमाथा आरोहणका लागि क्याम्प १ र २ मा भने दुई देशका नागरिक मित्रवत् सगरमाथा आरोहणको अभ्यासमा छन् ।सगरमाथा आरोहण गर्न एक जना रुसी र अर्की युक्रेनकी महिला आरोहीले पनि सगरमाथा आरोहणको एकसाथ तयारी गरिरहेका छन् ।

    युक्रेनकी एन्ट्रोलिना र रुसकी लाना अहिले दुवै मित्रवत् व्यवहारसहित विश्व शान्तिको कामना गर्दै आरोहणका लागि क्याम्प २ पुगेका छन् । दुवै क्याम्प १ बाट क्याम्प २ मा पुगेर संयुक्त अभ्याससमेत गरिरहेका छन् । पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीका अनुसार सगरमाथा आरोहणका लागि ३९ आरोही समूहका ७३ महिला र २४४ पुरुष गरी कुल ३१७ जनाले आरोहण अनुमति लिएका छन् । यस पटक सगरमाथा आरोहणबाट मात्रै ३९ करोड ६८ लाख ५१ हजार चार सय रुपियाँ राजस्व सङ्कलन भएको छ ।

    अघिल्लो वर्ष सन् २०२१ को वसन्तयामको सगरमाथा आरोहणमा हालसम्मकै सर्वाधिक ४३ आरोही समूहले आरोहण अनुमति लिएका थिए । सन् २०२१ मा ४१२ विदेशी आरोही सगरमाथाको चुचुरोमा पुगेका थिए । हालसम्म सबैभन्दा बढी सन् २०१९ मा सगरमाथाको दुवै मोहडाबाट चार सय आरोही सगरमाथाको चुचुरोमा पुगेका थिए ।

    तीमध्ये ११ जना शेर्पा आरोहीको टोलीले सगरमाथाको चुचुरोमा पाइला राखेसंगै वसन्तयामको सगरमाथा आरोहण सुरु भएको छ । कीर्तिमानी आरोहीका कामिरिता शेर्पा नेतृत्वको ११ जनाको टोलीले सगरमाथाको चुचुरामा पुगेर डोरी टाँगेसँगै सगरमाथाको व्यावसायिक आरोहण सुरु भएको हो । यो समाचार आजको गाेरखापत्र दैनिकमा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend