आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

अमेरिकाले पाकिस्तानमा सैन्य अखडा स्थापना गर्न चाहन्थ्योः इमरान खान

अमेरिकाले पाकिस्तानमा सैन्य अखडा स्थापना गर्न चाहन्थ्योः इमरान खान

एजेन्सी । अविश्वासको प्रस्तावमार्फत हटाइएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफू सत्तामा रहँदा देशमा सैन्य आधार स्थापना गर्ने अमेरिकी मागसँग कहिल्यै सहमत नभएको दोहो-याएका छन् ।

पूर्वक्रिकेटरसमेत रहेका खान गत महिना संसद्मा अविश्वासको प्रस्तावमार्फत् पदमुक्त भएका थिए । आफूलाई सत्ताच्युत गर्न अमेरिकाले षड्यन्त्र गरेको उनले आरोप लगाउँदै आएका छन् ।

अविश्वासको प्रस्तावबाट हट्ने उनी पाकिस्तानका पहिलो प्रधानमन्त्री हुन् । एक भिडियो सन्देशमा विदेशमा रहेका पाकिस्तानीहरूलाई सम्बोधन गर्दै खानले अमेरिकाले ‘अफगानिस्तानमा सम्भावित आतंकवादविरुद्ध प्रत्याक्रमण गर्न’ पाकिस्तानमा आधारहरू चाहेका र आफ्ना लागि सो प्रस्ताव बिल्कुल अस्वीकार्य भएको बताए ।

पाकिस्तानले अमेरिकी नेतृत्वमा भएको ‘आतंकवादविरुद्धको युद्ध’मा ८० हजारले ज्यान गुमाएको र अझै पनि बलिदानको कदर नगरिएको भन्दै उनले त्यसको दोष अमेरिकी राजनीतिज्ञहरूलाई लगाए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend