logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • रुकुम पश्चिममा कांग्रेस–माओवादीबीच दिनहुँ झडपः दुबै दलको संयुक्त अपिल

    रुकुम पश्चिममा कांग्रेस–माओवादीबीच दिनहुँ झडपः दुबै दलको संयुक्त अपिल

    3.7K
    Shares

    काठमाडाैं । रुकुम पश्चिमको चौरजहारीमा गठबन्धनमा आबद्ध दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी कार्यकर्ताबीच दिनहुँ झडप हुन थालेपछि दुबै दलले संयुक्त विज्ञप्ति जारी गरेर मैत्रीपूर्ण सम्बन्ध कायम गर्न अपिल गरेका छन् ।

    कांग्रेस रुकुम पश्चिम संयोजक प्रेमप्रकाश ओली र माओवादी संयोजक गोविन्द रोकाले संयुक्त विज्ञप्ति जारी गरी निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न र झडप रोकेर जिल्लाभर मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धाको वातावरण सिजर्ना गर्ने सहमति भएको जनाएका हुन् ।

    माओवादी नेतासमेत रहेका अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यमा भएको सर्वदलीय बैठकमा यस्तो सहमति भएको हो । बैठकमा प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृत र राजनीतिक दलका नेताहरु सहभागी थिए । अवान्छित गतिविधिले सत्ता गठबन्धनका उद्देश्य र मर्ममाथि प्रहार हुने भन्दै संयमता अपनाउन भनिएको छ ।

    शुक्रबार राति झपडमा परी कांग्रेस वडा सभापति यज्ञश विष्टसहित पाँच जना घाइते भएका थिए । त्यसयता पनि चाैरजहारीमा कांग्रेस, माओवादीका कार्यकर्ताबीच झडप हुँदै आएकाे थियाे । साथै  मुसीकोट नगरपालिका ८ घोरखानीमा चुनाव प्रचारका क्रममा पनि दुई पक्षबीच झडप भएको थियाे ।

    संयुक्त अपिल-

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend