logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • काठमाडाैं र ललितपुरमा आज मध्यरातदेखि मदिरा बिक्रीमा राेक

    काठमाडाैं र ललितपुरमा आज मध्यरातदेखि मदिरा बिक्रीमा राेक

    3.2K
    Shares

    काठमाडाैं । काठमाडाैं र ललितपुरमा आज मंगलबार राति १२ बजेदेखि मदिरा बिक्री र सेवन गर्न नपाइने भएकाे छ ।

    माैन अवधिदेखि ३० वैशाख अर्था मतदान नसकिएसम्मका लागि जमदिराजन्य पदार्थ बिक्री वितरण बन्द गरिएको काठमाडाैं र ललितपुर जिल्ला प्रशासन कार्यालयले जारी गरेकाे छुट्टाछुट्टै सूचनामा उल्लेख छ ।

    स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जिल्लामा मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको हाे । जाँडरक्सीलगायत मदिराजन्य पदार्थ सेवन गरेर शान्ति सुव्यवस्थामा खलल पार्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले  जिल्लामा मदिरा सेवन तथा बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध लगाएका हुन् ।

    उपत्यकाबाहेकका केही जिल्ला प्रशासन कार्यालयले गत शुक्रबारबाट नै मदिरा बिक्रीमा राेक लगाइसकेका छन् ।

    मतदानको दिन अत्यावश्यक र अनुमति लिएका सवारीबाहेकका सवारीसाधन बिहान ६ बजेदेखि मतदान सम्पन्न नभएसम्म सञ्चालन नगर्न समेत भनेको छ।  सूचनाविपरीतका गतिविधि गरेको पाइएमा कारबाही गर्ने चेतावनीसमेत प्रशासनले दिएको छ । ​


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend