शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

काठमाडौंको मुहार फेर्ने छु: सिर्जना सिंह

काठमाडौंको मुहार फेर्ने छु: सिर्जना सिंह

काठमाडौं । सत्ता गठबन्धनबाट काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनेकी सिर्जना सिंहले काठमाडौं शहरको रुप फेर्ने प्रतिबद्धता जनाएकी छन् । चुनावी प्रचार सभाको अन्तिम दिन असनमा बोल्ने क्रममा सिंहले सपना नबाँड्ने तर गर्न सकिने काम कार्यान्वयन गरेर छोड्ने बताइन् ।

‘सुशासन दिन्छु । भ्रष्टचार मुक्त बनाउँछ । डिजिटल काठमाडौं बनाउने छु,’ सिंहले भनिन्, ‘फोहोर घरबाटै कम बनाउने काम गर्छु ।’

ठूलो बजेट भएको काठमाडौं २४ वर्षसम्म उस्तै छ रहेको बताउँदै उनले कुरुप शहरको मुहार फेर्ने दाबी गरिन् । विद्यालय सुरु हुने समयलाई हेरफेर गरी ट्राफिक व्यवस्थापन गर्ने प्रतिबद्धता जनाइन् । ‘फुटपाथ अस्तव्यस्त छ । तर, उहाँहरुलाई हटाउँदिन । निश्चित स्थानमा व्यापार गर्ने व्यवस्था मिलाउँछु’ सिंहले भनिन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend