logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • मौन अवधि सुरु, प्रचारप्रसार बन्द

    मौन अवधि सुरु, प्रचारप्रसार बन्द

    2.5K
    Shares

    काठमाडाैं । स्थानीय तहकाे मतदानकाे पूर्वसन्ध्यामा आजदेखि माैन अवधि सुरु भएकाे छ । मतदान ३० वैशाख अर्थात् शुक्रबार हुँदैछ । मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु भएकाे निर्वाचन आयाेगले जनाएकाे छ ।

    आयाेगले  मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३ सय मिटरवरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउन निर्देशन दिएकाे छ ।

    निर्वाचन आचारसंहिताअनुसार मौन अवधिमा के गर्न पाइँदैन ? 

    -मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा-सम्मेलन, कार्यशाला, गोष्ठी गर्न नहुने

    – निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने

    – मौन अवधि सुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आआफ्ना निर्वाचन चिहृन तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने

    – एसएमएस, फेसबुक, भाइबर जस्ता सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने

    -मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend