सप्तरी । सप्तरीको डाक्नेश्वरीको मतदान प्रभावित बनेको छ । डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर २ स्थित हरिरबा जनता मावि मतदानस्थलमा एक समूहले मतपेटिकाहरु तोडफोड गरेको थियो ।
सो क्रममा दुई पक्षीय झडप भएको थियो । अहिले सर्वदलीय बैठक बसिरहेको र सहमति जुटाएर पुनः मतदान सञ्चालनको तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी अभिनारायण काफ्लेले जानकारी दिए ।