logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • रेसुङ्गा नगरपालिकाको चार वडाको मतगणना सकियो, तीन वडामा काँग्रेस विजयी

    रेसुङ्गा नगरपालिकाको चार वडाको मतगणना सकियो, तीन वडामा काँग्रेस विजयी

    2.2K
    Shares

    काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिकाको चार वटा वडाको मतगणना सकिएको छ । वडा नम्बर १ एमालेको हातमा परेको छ भने २, ३ र ४ को मतगणना सकिँदा चारवटै वडामा नेपाली काँग्रेसले वडाको नेतृत्व हात पारेको छ । मेयर पदमा पनि काँग्रेसले नै अग्रता लिएको छ ।

    नगरपालिकाको वडा नं १ मा एमालेका रामप्रसाद पन्थी ३०५ मतसहित विजयी भएका छन् भने २ मा काँग्रेसका हिराबहादुर थापा ३८० मतका साथ विजयी भएका छन् ।

    त्यसैगररी वडा नम्बर ३ मा काँग्रेसकै बावुराम खत्रीले ४८७, वडा नम्बर ४ मा लिलाधर आचार्यले ५५७ मतका साथ प्यानलसहित विजयी भएका छन् ।

    रेसुङ्गा नगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका मेयरका उम्मेदवार खिलध्वज पन्थीले १८२९ मतसहित अग्रता लिइरहेका र नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेयले १३ सय ६५ मतसहित पछ्याइरहेका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend