काठमाडौं । गोरखाको पालुङटारमा जनता समाजवादी पार्टीका मेयर उम्मेदवार अगाडि छन्।
यहाँ जसपा र नेकपा एमालेले चुनावी तालमेल गरेका थिए। जसपाका मेयर उम्मेदवारले अहिलेसम्म २५५ मत ल्याएका छन्। नेपाली काँग्रेसका मेयर उम्मेदवारले १९१ र नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवारले १६४ मत ल्याएका छन्।
उपमेयरमा काँग्रेसका उम्मेदवारले १८८ र नेकपा माओवादी केन्द्रका उम्मेदवारले १६९ तथा नेकपा एमालेको उम्मेदवारले ६२ मत ल्याएका छन्। पालुङटार जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको गृहनगर हो।