logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • जनकपुर उपमहानगरपालिमा बागी उम्मेदवारको शुरुवाती अग्रता

    जनकपुर उपमहानगरपालिमा बागी उम्मेदवारको शुरुवाती अग्रता

    3.6K
    Shares

    काठमाडौं । जनकपुर उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । काँग्रेसका बागी उम्मेदवार मनोज साह अघि अघि छन् ।

    मतगणनाको पछिल्लो परिणाम अनुसार वडा नम्बर १ को ४०० मतगणना हुँदा प्रमुख पदमा काँग्रेसका बागी उम्मेदवार मनोज साहले १३५ ल्याएर अग्रता कायम गरेका छन् ।

    दोस्रोमा एमालेका शिवशंकर साहले ४५ मत पाएका छन् । तेस्रोमा स्वतन्त्र उम्मेदवारी दिएका पूर्व माओवादी नेता बलराम महतोले ३३ मत ल्याएका छन् । यस्तै निवर्तमान मेयर जसपाका लालकिशोर साहले २८ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जानकारीराम साहले १९ मत पाएका छन् ।

    लोसपाका मनोज चौधरीले १८ मत पाएका छन् । यस्तै उपमेयर तर्फ काँग्रेसले १६२ मत, एमालेले ४६ मत, लोसपाले २३ मत, स्वतन्त्र उम्मेदवारले २६ मत पाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend